“मिहेनत गरे विश्वकप टाढा छैन”बिष्ट

0
1062

लक्ष्य हासिल सहजताका साथ प्राप्त गर्ने व्यक्ति कमै हुन्छन्। संघर्ष बिना उपलब्ध लक्ष्य त्यती विशिष्ट रहदैन जति संघर्ष पश्चात लक्ष्य हासिल गरिन्छ। जो आफ्नो लक्ष्यमा प्रतिबद्ध रहन्छ ऊ सफलताको मुख्य हकदार पनि रहन्छ। हरेक व्यक्तिको मिहेनतको साथ परिवारको साथ सॅंगै रहेमा जस्तो सफलता पनि सहजताका साथ प्राप्त हुन्छ।

खेलमा लागेर देशको मान सान दुवै राख्न चाहानेको समुहको एक नाम हो ईश्वरी बिष्ट (नेपाली महिला क्रिकेटर) क्रिकेटको मुकाम मानिने सुदुरपश्चिमको बैतडीमा वि सं २०५८ फागुन १५ मा जन्मिएकि ईश्वरीको खेलप्रतिको लगाव त सानै उमेर देखि थियो नै परिवारको सहयोग हौसला उनमा निरन्तर नै थियो।

सुरुका दिनहरु फुटबलर बन्ने मनसायका साथ लागेकि बिष्टको घर नजिकै क्रिकेट एकेडेमि सुरुवात पश्चात यिनमा पनि क्रिकेट प्रतिको लगाव चुलियो।

“ हरेक व्यक्तिमा रहेको अन्तरनिहित आकांक्षाको पहिचान गरि बाहिर ल्याउनमा परिवारको महत्वपुर्ण हात रहन्छ मलाई त्यो सधै मिलि रह्यो”अल स्पोर्टस् नेपालसॅंग कुराकानीका क्रममा ईश्वरीले बताईन्।

गत बर्ष छिमेकी मुलुक चीनमा भएको एक अण्डर नाईन्टिन प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न पाउनु ठुलो अवसर ठान्ने ईश्वरी अझै ठुलो मिहेनत गरि राष्ट्रिय टिमको हिस्सा बन्न चाहान्छिन्।

“जुन दिन मेरो लक्ष्यले सफलता पाउने छ त्यो दिन म नेपालको जर्सिमा विश्वकपको मैदानमा तिव्र गतिको नेपाली बलरको रुपमा रहनेछु”बिष्टले बताईन्।

नेपाली महिला क्रिकेट टिम चाडै नै विश्वकपको मैदानमा पुग्न सक्षम रहेको छ तर क्यान लगायत सरोकारवाला निकाय अति नै गहन र जिम्मेवार भएर लाग्नु पर्ने उनको बुझाई छ।

“नेपाली महिला क्रिकेटलाई जबसम्म पुरुष क्रिकेट सरहको व्यवहार गरिदैन तब सम्म यसबाट ठुलो सफलताको आशा गर्नु नै निराशाको विषय हो”उनको भनाई रहेको छ।

बिष्ट गत कार्तिकमा सम्पन्न पहिलो सिजनको वोमेन्स क्रिकेट लिगमा उपविजेता क्याट क्विन्स काठमान्डौ कि महत्वपुर्ण हिस्सा थिईन्।

बलियो घरेलु संरचना , बारम्बार अन्तराष्ट्रिय खेल तथा निरन्तरको अन्तराष्ट्रिय स्तरको प्रशिक्षण मिलेमा हामी चाडै नै विश्वकपको त्यो मंन्चमा पुग्न सक्छौ।

Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •