मेलवर्न स्टार्समा ईङ्ल्यान्डका दुई स्टार खेलाडी अनुबन्धित

0
141

छैटौ संस्करणको वुमेन्स बिग ब्यास लिगको लागि मेलवर्न स्टार्सले ईङ्ल्यान्डका दुई स्टार खेलाडी कथेरिन ब्रुन्ट र नताली स्कीभरलाई आफ्नो टिममा अनुबन्ध गरेको छ।

पर्थ स्कर्चर्सबाट सुरुवाती २ सिजन मेग लैनिङसँगै खेलेकी स्किभर पर्थकी पुर्वकप्तान मेग लैनिङ मेलवर्न स्टार्समा फर्किएपछी फेरि पनि एकै टिमबाट रहने भएका हुन।यस्तै ब्रुन्ट ३ सिजन गरि कुल ४४ खेल खेलेकी छिन।उनी तेस्रो सिजनको डब्लुबिबिएलमा सर्वाधिक विकेटकर्ता समेत बनेकी थिइन।

स्कीभर आइसिसी महिला टि२० वरियतामा तेस्रो स्थानमा छिन।उनी न्युजिल्यान्डकि सौफी डेभिन र इलिज पेरीभन्दा तल छिन।

क्रीकेट अष्ट्रेलियाले गतहप्ता मात्र अक्टोबर २५ बाट यो सिजनको डब्लुबिबिएल गर्ने बताएको थियो।पूरा सिजन सिड्नीमा हुने खेलमा कुल ५९ खेल हुनेछ।

Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •