बिबिएल,डेभिड र सन्दिप : भ्रम

0
13334

केही साता अघि गरिएको एक पोस्टमा नेपाली लेगस्पिनर सन्दिप लामिछाने बिग ब्यास लिगमा प्रतिनिधित्व गर्ने एक मात्र एसोसिएट राष्ट्रका खेलाडी हुन् भन्दा धेरैबाट टिम डेभिडको बारेमा जिज्ञासा रहेकाले उनको बारेमा केहि कुरा लेख्दै छु।

1996 मार्चमा सिगांपुरमा जन्मिएका टिमको क्रिकेट करियर भने अस्ट्रेलियाबाट सुरु भएको थियो। उनी एसोसिएट राष्ट्र सिगांपुरमा जन्मिए पनि क्रिकेटमा पहिचान स्थापित गराउन अस्ट्रेलिया हानिए।

सिगांपुर क्रिकेट टोलीसॅंग २०१९ मा जोडिए पछि यिनि संसार भर एसोसियट क्रिकेटरका रुपमा चिनिए तर हाल सम्म पनि पर्थबाट बिग ब्यास लिग खेल्ने डेभिड त्यहाॅंको बोर्डमा स्थानिय क्रिकेटरका रुपमा रहेका छन्। त्यसकारण उनलाई एसोटिएट राष्ट्रको क्रिकेटर मान्न बिबिएल तयार छैन।

गत बर्षको मात्र रेकर्ड हेर्दा दुई जना बिदेशी खेलाडीको कोटामा लिभान लिभस्टोन र क्रिस जोर्डन खेल्दा डेभिड स्थानिय खेलाडी का रुपमै रहेका थिए।

त्यसैले नेपाली बलर सन्दिप लामिछाने नै बिबिएलमा सहभागी रहने अहिले सम्मका एक मात्र एसोसियट खेलाडी हुन्।

Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •