पीएसजीको कठिन जित

0
395

एजेन्सी । फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजीले पहिलो जित निकालेको छ ।

बुधबार राति भएको आफ्नो तेस्रो खेल खेलेको पीएसजीले नवप्रवेशी क्लब मेट्जमाथि १–० गोलको कठिन जित निकालेको हो ।पीएसजीको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन जुलियन ड्राक्जलरले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको इन्ज्युरी समयमा ड्राक्जलरले गोल गर्दै पीएसजीलाई जित दिलाए ।

त्यसअघि खेलको ६५औं मिनेटमा पीएसजी १० खेलाडीमा सीमित बनेको थियो । पीएसजीका एबडौ डियल्लोले मेट्जका खेलाडी नियानेको जर्सी तानेका कारण उनलाई रेफ्रीले पहेँलो कार्डसहित रातो कार्ड दिएर मैदानबाहिर पठाएका थिए ।

यससँगै पीएसजीले पहिलो जित निकालेको छ । पीएसजी ३ अंकसहित तालिकाको १५औं स्थानमा छ ।

Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •