जर्मन कप : डर्टमुण्डको फराकिलो जित,

0
107

एजेन्सी । बोरुसिया डर्टमुण्डले जर्मन कपको पहिलो चरणको खेलमा फराकिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा डर्टमुण्डले एमएसभी डुइसबर्गलाई ५–० गोलले पराजित गरेको हो ।

डुइसबर्गको घरेदु मैदानमा भएको खेलमा डर्टमुण्डलाई जिताउन जाडोन सान्चो, जुडे बेलिंघम, थोर्गान हाजार्ड, जियोभानी रेना र मार्को रेउसले समान एक–एक गोल गरे ।

डर्टमुण्डले सान्चोको गोलमा सुरुआती अग्रता बनाएको थियो । खेलको ३८औं मिनेटमा डोमिनिक भोल्कमरले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सीमित बनेको थियो । त्यसको फाइदा उठाउँदै हाजार्डले गोल गर्दै डर्टमुण्डको अग्रता तेब्बर बनाए ।

खेलको ५०औं मिनेटमा रेनाले र ५८औं मिनेटमा रेउसले गोल गरेपछि डर्टमुण्डले ५–० गोलको फराकिलो जित निकाल्यो ।

Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •