अस्ट्रेलिया र इंग्ल्याण्ड बिचको निर्णायक एकदिवसिय क्रिकेट आज:शृखंला जोगाउन दुवै टोलीका लागि जित आवश्यक

0
125

अष्ट्रेलिया र ईङ्ल्यान्डबीचको तीन खेलको ओडिआइ सिरिजको अन्तिम तथा निर्णायक ओडिआइ आज हुदैछ।खेल साझ ५:४५ बजे म्यानचेस्टरमा सुरु हुनेछ।

पहिलो एकदिवसीयमा १९ रनले विजयी भएको अष्ट्रेलिया र दोस्रो एकदिवसीयमा २४ रनले विजयी भएको ईङ्ल्यान्ड खेल्न लागेका हुन।आजको खेल जित्ने टिमले सिरिज जित्ने हुनाले आजको खेल दुबै टिमको लागि अत्यन्त महत्वपूर्ण छ।

अष्ट्रेलियाले टिममा आज पुर्वकप्तान स्टेभ स्मिथलाई टिममा राख्ने सम्भावना छ।अभ्यासको क्रममा टाउकोमा चोट लागेका स्मिथ आज खेलेमा मार्कस स्टोइनिस बेन्चमा बस्न सक्छन।त्यस्तै विकेटकिपर एलेक्स केरीको ठाउँमा युवा खेलाडी जोस फिलिप खेल्न सक्छन।

त्यस्तै ईङ्ल्यान्डले आजको खेलमा ओपनर जोनी बेरस्टोको ठाउँमा युवा ब्याट्सम्यान टम बन्टन खेलाउन सक्छ।

यस्तै अष्ट्रेलियाका कप्तान एरन फिन्च ५००० ओडिआइ रनबाट २९ रनले टाढा छन।त्यस्तै ईङ्ल्यान्डका पुर्वकप्तान जोए रुट ६००० ओडिआइ रनबाट ३८ रनले टाढा छन।त्यसैगरी अष्ट्रेलियाका बिस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेल ३००० ओडिआइ रनबाट ४५ रनले टाढा छन।

Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •